आज रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै, जनकपुरमा रामलीला प्रदर्शन



Advertisement
Ads

आज चैत्र शुक्ल नवमीको दिन देशभर रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।

त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याका सुपुत्रका रूपमा भगवान् श्रीरामचन्द्रको जन्म यही तिथिमा पुनर्वसु नक्षत्रमा भएको धार्मिक विश्वास छ। विष्णुको सातौँ अवतार मानिने श्रीरामको कुण्डलीमा सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकैसाथ रहने दुर्लभ योग परेको उल्लेख गरिन्छ। यस दिनलाई स्मरण गर्दै हिन्दू धर्मावलम्बीहरूले व्रत बस्ने, जप, ध्यान तथा पूजाआजा गर्ने परम्परा रहेकाे छ।


Advertisement

रामनवमी पर्वका अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। बैंक तथा वित्तीय संस्था, सेयर बजारसहित अधिकांश कार्यालयहरू आज बन्द छन्। रामनवमी पर्वलाई वर्षका चार नवरात्रमध्येको वासन्तिक नवरात्रको नवौं दिनको रूपमा पनि लिइन्छ, जसले गर्दा देवी मन्दिरहरूमा चण्डी पाठ, पूजाआजा र विसर्जनका कार्यक्रमहरू समेत आयोजना गरिएको छ।

विशेषगरी रामको ससुराली मानिने मिथिला क्षेत्र: जनकपुर, महोत्तरी, जलेश्वरलगायत स्थानहरूमा यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। जनकपुरधाममा रामलीला प्रदर्शन, मठमन्दिरहरूमा रामायण पाठ, एकदिने श्रीमद्भागवत पारायण र सुन्दरकाण्ड लीलाजस्ता धार्मिक कार्यक्रम भइरहेका छन्।

परापूर्वकालमा वासन्तिक नवरात्र नै मूल दसैँका रूपमा मनाइने गरिन्थ्यो तर गर्मीका कारण पछि असोज शुक्ल पक्षमा मुख्य दशैँ मनाउन थालिएको विश्वास गरिन्छ। चैत र असोज शुक्लपक्षका नवरात्रलाई जाग्रत नवरात्र भनिए पनि, पुस र असारको नवरात्र सुप्त नवरात्रका रूपमा चिनिन्छन्।

आजको दिनले धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले विशेष महत्व बोकेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर