नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादपछि गृहमन्त्री सुधन गुरुङले दिएको राजीनामा सकारात्मक भएको बताएका छन्।
बुधबार सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, “जे गर्नुभयो, राम्रो गर्नुभयो,” ।
विवादमा तानिएपछि सुधन गुरुङले आज गृहमन्त्री पदबाट राजीनामा दिएका हुन्। उनले आफ्नो निर्णयलाई नैतिकताको आधारमा लिएको बताउँदै आफूमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। गुरुङले पदमा रहँदा छानबिनमा असर पर्न सक्ने भएकाले जिम्मेवारी त्यागेको उल्लेख गरेका छन्।




















प्रतिकृया