उद्यमी अनुभवसहित राजनीतिमा होमिँदै पठाओका एमडी बस्न्यात, काठमाडौं–१ बाट चुनाव लड्ने

उद्यमी अनुभवसहित राजनीतिमा होमिँदै पठाओका एमडी बस्न्यात, काठमाडौं–१ बाट चुनाव लड्ने
Advertisement Ads

नेपालमा राइड सेयरिङलाई आम प्रयोगमा ल्याउने प्लेटफर्म पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्। उनले कुन राजनीतिक दलबाट उम्मेदवारी दिने भन्ने विषय भने खुलाएका छैनन्।

बस्न्यातले फेसबुकमार्फत सार्वजनिक गरेको भिडियोमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। बजारको चिरफारसँगको संवादमा उनले आफू कुन दलबाट चुनाव लड्ने भन्ने निर्णय केही दिनभित्र सार्वजनिक गर्ने बताए।

‘म राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ’ उम्मेदवारी घोषणा गर्दै बस्न्यातले आफ्नो उद्यमशील यात्रा र त्यसबाट सिकेका अनुभवले राजनीतिमा आउन प्रेरित गरेको बताए।

“उद्यमीको रूपमा नेपालमै बसेर केही बनाउने संघर्ष गरेको छु। रोजगारी सृजना गरेको छु। असफलता, दबाब र जिम्मेवारी सबै नजिकबाट देखेको छु,” उनले भने, “त्यही अनुभवले एक कुरा स्पष्ट बनायो; व्यवस्था सहज भएन भने क्षमता भएर पनि भविष्य अनिश्चित हुन्छ। म राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ।”

उनले आफ्नो उम्मेदवारीका तीन मुख्य एजेन्डा सार्वजनिक गरेका छन्। 

१. उद्यमशीलता र स्टार्टअप समर्थन
युवा पुस्ताले नेपालमै सपना देख्न र ती सपना कार्यान्वयन गर्न सक्ने वातावरण बनाउनु आफ्नो प्राथमिकता रहेको उनले बताए।

२. जवाफदेहिता र सुशासन
“काम गर्नेले जवाफ दिनुपर्छ, निर्णय लिनेले जिम्मेवारी लिनुपर्छ। यही नै सुशासनको आधार हो,” बस्न्यातको भनाइ छ।

३. अनुभव र नयाँ पुस्ताबीच सेतु
अनुभवी पुस्ता र युवाबीच संवाद, मार्गदर्शन र सहकार्य बढाएर समाजलाई एकजुट बनाउने लक्ष्य उनले राखेका छन्।

नेपालको राइड सेयरिङको पर्याय बनेको पठाओ सुरुवाती दिनदेखि नै बस्न्यातकै नेतृत्वमा अघि बढिरहेको छ। अस्तव्यस्त शहरी यातायात प्रणालीलाई डिजिटल समाधानमार्फत सहज बनाउने प्रयासमा पठाओले महत्वपूर्ण भूमिका खेलेको छ।

सेप्टेम्बर २०१८ मा बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओले अहिले देशका सातै प्रदेशमा आफ्नो सेवा विस्तार गरिसकेको छ। राइड सेयरिङबाट सुरु भएको पठाओको उपस्थिती अहिले ट्याक्सी, अटो, कुरियर र फुड तथा ग्रोसरी डेलिभरी सेवासम्म फैलिएको छ, जसले गिग इकोनोमीमार्फत नेपालभर करिब दुई लाखभन्दा बढी नेपालीलाई रोजगारीका अवसरसँग जोडेको छ।

VIRAL TEMPLATE 60 https://bajarkochirfar.com/pathao-md-basnyat-enters-politics-with-entrepreneurial-experience-to-contest-election-from-kathmandu-1 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स