पुस मसान्तसम्म निर्जीवन बीमा कम्पनीले संकलन गरे २०.८८ अर्ब बीमाशुल्क, मार्केट लिडर बन्यो शिखर इन्स्योरेन्स

पुस मसान्तसम्म निर्जीवन बीमा कम्पनीले संकलन गरे २०.८८ अर्ब बीमाशुल्क, मार्केट लिडर बन्यो शिखर इन्स्योरेन्स

चालू आर्थिक वर्षको ६ महिनामा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म बीमा कम्पनीहरु १३ लाख ८९ हजार ३१९ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएका छन्।

यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ। कम्पनीले कुल २ अर्ब ५९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यस्तै दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ७१ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ६६ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड, र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ३४ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्।

यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २० करोड, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब १९ करोड र नेपाल इन्स्योरेन्सले १ अर्ब ९ करोड रुपैयाँ आर्जन गरेका छन्।

त्यस्तै, प्रभु इन्स्योरेन्सले ९० करोड ३९ लाख, राष्ट्रिय बीमा कम्पनीले ७१ करोड २१ लाख र नेशनल इन्स्योरेन्सले ६२ करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

adownload yeha 1 2 https://bajarkochirfar.com/non-life-insurance-companies-collected-20-88-billion-rupees-in-insurance-premiums-by-mid-december-shikhar-insurance-became-the-market-leader | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स