instainsta

नयाँ सांसदहरुले जेठ १० गते सम्म सम्पत्ति विवरण बुझाउनुपर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १५ गते
नयाँ सांसदहरुले जेठ १० गते सम्म सम्पत्ति विवरण बुझाउनुपर्ने
AdvertisementAds

संघीय संसद् सचिवालयले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आगामी जेठ १० भित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।

सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार, सांसदहरूले तोकिएको मितिभित्र कार्यालय समयभित्रै सांसद सुविधा व्यवस्थापन शाखामा सम्पत्ति विवरण दर्ता गराउनुपर्नेछ। यो व्यवस्था भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी कानूनी प्रावधानअनुसार सार्वजनिक पदधारीले पद सम्हालेको ६० दिनभित्र आफ्ना साथै परिवारको सम्पत्तिको स्रोतसहित विवरण बुझाउनुपर्ने बाध्यतासँग सम्बन्धित छ।

नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ लिएका थिए, त्यसैले ६० दिनको समयसीमा जेठ १० गते पूरा हुने भएकाले सो मितिभित्र सम्पत्ति विवरण बुझाउन भनिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स