नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा आइतबार उल्लेख्य गिरावट देखिएको छ। कारोबार सुरु भएदेखि नै ओरालो लागेको बजार समाचार तयार पार्दासम्म दिउँसो १:३२ बजे १०२.८५ अंकले घट्दै २६७९.३२ विन्दुमा झरेको छ।
यस अवधिसम्म कुल ८ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। ३३९ कम्पनीको सेयर किनबेच हुँदा जम्मा ७ कम्पनीको मूल्य मात्र बढेको छ भने २६१ कम्पनीको सेयर मूल्य घटेको छ।
नयाँ सरकार गठनसँगै बजारमा उत्साह आउने अपेक्षा गरिए पनि त्यसको विपरीत प्रभाव देखिएको छ। बालेन सरकार गठन हुनुअघि २९५०.५० विन्दुमा बन्द भएको नेप्से, सरकार गठनपछि गत साता सेयरबजार १६७.९७ अंकले घट्दै २७४०.२२ विन्दुमा बन्द भएको थियो।
















प्रतिकृया