नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत सम्पूर्ण कम्पनी र सेयर रजिष्ट्रारलाई लाभ (लाभांश वा ब्याजदर) वितरण गर्दा विवरण स्पष्ट खुलाउन निर्देशन दिएको छ।
नेप्सेले सेयरधनीलाई इमेल, एसएमएसलगायत माध्यमबाट जानकारी पठाउँदा स्टक सिम्बोल, आर्थिक वर्ष र लाभांश वा ब्याजदर प्रतिशत अनिवार्य रूपमा उल्लेख गर्न भनेको छ।
म्युचुअल फन्ड र साधारण सेयरको हकमा लाभांश दर तथा ऋणपत्र वा डिबेञ्चरको हकमा ब्याजदर स्पष्ट नखुलाए भ्रम सिर्जना हुने भन्दै नेप्सेले पारदर्शिता अपनाउन जोड दिएको हो।


प्रतिकृया