शपथ हुने छाँटकाँट देखिएन भन्दै किताब बेच्न हिँडे महावीर पुन

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ५ गते
शपथ हुने छाँटकाँट देखिएन भन्दै किताब बेच्न हिँडे महावीर पुन

म्याग्दीबाट नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले शपथ ग्रहणको मिति नपक्का भएको भन्दै आफू पुनः सडक किनारमा किताब बेच्न निस्किएको जानकारी दिएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले लेखेका छन्, “शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन। त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिरदेखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्ने छु। चुनाव सकिएपछि म्याग्दीका छ वटा पालिकामा जनप्रतिनिधि र गाउँलेहरूसँग विकास तथा बजेट सम्बन्धी पहिलो चरणको छलफल सम्पन्न भयो। अनि के गरेर बस्ने त नि मेयर साहब? गाह्रो पिरो नमान्नु होला।”

केही दिनअघि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सडकमा नबस्न सुझाव दिएका थिए। तर सांसद पुनले त्यसलाई बेवास्ता गर्दै आफ्नो अभियान जारी राख्ने घोषणा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स