नेपालको अग्रणी निजी इक्विटी तथा भेन्चर क्यापिटल फर्म टिम भेन्चर्स ले आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा पहिलो पटक लगानी गरेको छ। कम्पनीले होटल गरिमा मार्फत सञ्चालनमा रहेको सोल्टी वेस्टएन्ड इटहरी मा आफ्ना सहायक संस्थासहित २७ प्रतिशत इक्विटी साझेदारी हासिल गरेको हो।
पूर्वी नेपालको उदाउँदो व्यावसायिक केन्द्र इटहरी मा अवस्थित सोल्टी वेस्टएन्ड इटहरी पाँचतारे स्तरको होटल हो। यो होटल नेपालकै पहिलो अन्तर्राष्ट्रिय होटल चेनका रूपमा परिचित सोल्टी होटल्स एन्ड रिसोर्ट्स ब्रान्डअन्तर्गत सञ्चालनमा छ।
टिम भेन्चर्सका निर्देशक दोर्जे ग्याल्त्सेन लामा ले पर्यटन क्षेत्रको बढ्दो आर्थिक महत्वलाई मध्यनजर गर्दै आतिथ्य क्षेत्रमा लगानी अवसर खोजिएको जानकारी दिए। उनका अनुसार सशक्त ब्रान्ड, अनुभवी अपरेटर र स्पष्ट वृद्धि सम्भावना भएका कारण सोल्टी वेस्टएन्ड इटहरीलाई लगानीका लागि छनोट गरिएको हो।
सन् २०१६ मा स्थापना भएको टिम भेन्चर्स ले हालसम्म स्वच्छ ऊर्जा, कृषि, उत्पादन, प्रविधि तथा मिडिया जस्ता क्षेत्रमा वृद्धि–केन्द्रित व्यवसायमा लगानी गर्दै आएको छ। यो लगानीसँगै कम्पनीले आतिथ्य क्षेत्रलाई पनि आफ्नो नयाँ प्राथमिक क्षेत्रका रूपमा विस्तार गरेको संकेत दिएको छ।
होटल गरिमा स्वामित्वको सोल्टी वेस्टएन्ड इटहरी मा हाल ८२ वटा कोठा छन्। होटल पाँचतारे वर्गीकरणको अन्तिम चरणमा रहेको जनाइएको छ। व्यवस्थापनले यसलाई पूर्वी नेपालको प्रमुख आतिथ्य गन्तव्य का रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।










![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया