नेपाली फिल्म ‘आबाट आमा’को अहिलेसम्मको कमाई कति?

नेपाली फिल्म ‘आबाट आमा’को अहिलेसम्मको कमाई कति?
AdvertisementAds

पल शाह स्टारर फिल्म ‘आबाट आमा’ घरेलु बक्सअफिसमा सन्तोषजनक प्रदर्शन गरिरहेको छ। दर्शकले फिल्म हेरेपछि सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। चन्द्र पन्त निर्देशित यो सोसल ड्रामा पारिवारिक कथावस्तुमा आधारित छ। मुख्यतया, फिल्मले छोरा र अभिभावकबीचको मर्मस्पर्शी सम्बन्ध, युवा विदेशिन बाध्य हुने परिस्थिति, र त्रिकोणात्मक प्रेमकथालाई उजागर गरेको छ।

फिल्ममा पल शाहसँगै प्रदीप रावत र विपना थापाले शीर्ष भूमिका निर्वाह गरेका छन्। वर्तमान नेपाली समाजको वास्तविक कथा प्रस्तुत गर्ने यस फिल्मप्रति दर्शकको उत्साह बढिरहेको छ। प्रदर्शनको जानकारी अनुसार, ‘आबाट आमा’ ले मंगलबार दिउँसो १ बजेसम्म चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा: बक्सअफिसमा १ करोड ८० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। यो फिल्म १६ माघ अर्थात गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स