प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आइतबार सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार गृहमन्त्री सुधन गुरुङको नाममा कुल ३ करोड ६१ लाख ५६ हजार २०० रुपैयाँ बराबरको सेयर लगानी रहेको छ।
उनको लगानीमध्ये ‘होप होल्डिङ्गस प्रा.लि.’ मा ३० हजार कित्ता साधारण सेयर रहेको छ, जसको मूल्य करिब ३० लाख रुपैयाँ उल्लेख गरिएको छ। त्यसैगरी ‘लगुम प्रिमियम अपार्टमेन्ट्स प्रा.लि.’ मा ५७ हजार कित्ता सेयर रहेको छ, जसको मूल्य करिब ५७ लाख रुपैयाँ छ।
यस बाहेक गृहमन्त्री गुरुङको सबैभन्दा ठूलो लगानी दोस्रो बजारमा रहेको देखिन्छ। विभिन्न कम्पनीहरूको सेयर खरिदमार्फत उनले करिब २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबर लगानी गरेका छन्।
यस्तै, गृहमन्त्री सुधन गुरुङसँग ६१ लाख रुपैयाँभन्दा बढी नगद मौज्दात रहेको देखिएको छ।
उनसंग लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४ सय रुपैयाँ, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ र सानिमा बैंक लिमिटेडमा १ हजार ५७४ रुपैयाँ रहेको उल्लेख गरिएको छ।
यसका साथै गृहमन्त्री गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको पनि विवरणमा उल्लेख छ। उनले धनकुटा, चितवन र गोरखामा जग्गा रहेको उल्लेख गरेका छन्।
यस्तै सार्वजनिक भएको ‘धितोपत्र, सेयर वा ऋणपत्रको विवरण’ अनुसार उनक नाममा कुल ३ करोड ६१ लाख ५६ हजार २०० रुपैयाँ बराबरको सेयर लगानी रहेको छ।
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?


प्रतिकृया