गिली एक्स-५ र जेवाई एयर नाडा अटो शोमा सार्वजनिक, नन–रिफण्डेबल बुकिङ गर्नेले पाउन सक्छन् आइफोन, सुन वा नगद छुट

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३ गते
गिली एक्स-५ र जेवाई एयर नाडा अटो शोमा सार्वजनिक, नन–रिफण्डेबल बुकिङ गर्नेले पाउन सक्छन् आइफोन, सुन वा नगद छुट

आजदेखि सुरु भएको नाडा अटो शो २०२५ को उद्घाटन समारोहका क्रममा चिनियाँ विश्वप्रसिद्ध ईभी ब्रान्ड गिली ईएक्स–५ र जेवाई एयर नेपालमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। सार्वजनिक भएसँगै गिली ईएक्स–५ म्याक्स र प्रोका साथै जेवाई एयर अल्ट्रा र लाइट मोडल उपभोक्ताहरूका लागि आजदेखि नै टेष्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएका छन्। यी गाडीहरूको नेपालका लागि आधिकारिक आयातकर्ता एलआरआर मोटर्स रहेको छ।

यस वर्षको अटो शोमा कम्पनीले विभिन्न मोडलमा विशेष छुटसहितको मूल्य घोषणा गरेको छ। गिली ईएक्स–५ म्याक्स ६४ लाख ९९ हजारमा उपलब्ध छ, जुन वास्तविक मूल्यभन्दा ३ लाख कम हो। त्यस्तै, ईएक्स–५ प्रो ५४ लाख ९९ हजारमा पाइनेछ भने यसको वास्तविक मूल्य ५८ लाख थियो। जेवाई एयर अल्ट्रा ६८ लाखको सट्टा ६४ लाख ९९ हजारमा उपलब्ध छ भने जेवाई एयर लाइट ५४ लाखको सट्टा ४९ लाख ९९ हजारमै खरिद गर्न सकिनेछ।

एलआरआर मोटर्सले यी मोडलहरूको खरिदका लागि विशेष बुकिङ योजना पनि सार्वजनिक गरेको छ। दुई लाख नन–रिफण्डेबल बुकिङ गर्ने ग्राहकले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै आकर्षक उपहार योजना पाउनेछन्। उक्त योजनाअन्तर्गत खरिदकर्ताले आइफोन १६ प्रो म्याक्स, एक तोला सुन वा एक लाख ८० हजार रुपैयाँसम्मको नगद छुट मध्ये कुनै एक प्राप्त गर्ने अवसर रहनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स