गोल्छा ग्रुपको लगानीमा पुल्चोकमा इम्बार्क कलेज सञ्चालनमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २१ गते
गोल्छा ग्रुपको लगानीमा पुल्चोकमा इम्बार्क कलेज सञ्चालनमा

गोल्छा ग्रुप र ग्लोकल प्रालिको सहकार्यमा पुल्चोकमा इम्बार्क कलेज सञ्चालनमा आएको छ। उद्यमशीलता, आधुनिक शिक्षा, र सीपमा आधारित नयाँ बेन्चमार्क स्थापना गर्ने उद्देश्यले स्थापना गरिएको यस कलेजले मंसिर १३ मा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको हो।

कलेजले लन्डनको विश्व वरीयतामा शीर्ष १५ प्रतिशतमा पर्ने युनिभर्सिटी अफ रोह्याम्प्टनसँगको साझेदारीमा ४ वर्षे बिजनेस म्यानेजमेन्ट (बिएससी) र २ वर्षे एमबिए कार्यक्रम सञ्चालन गर्दैछ। यी विषयहरूको भर्ना प्रक्रिया मंसिर १४ देखि सुरु भइसकेको छ।

कलेजका अध्यक्ष शेखर गोल्छाले नेपालमा उद्यमशीलताको ‘पावर हाउस’ बनाउने लक्ष्यसहित कलेज सञ्चालन गरिएको बताए। त्यसैगरी ग्लोकलका अध्यक्ष तथा कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले कलेजले युवाको सीप र शिक्षाको विकासमा केन्द्रित भएर उत्कृष्ट शैक्षिक अनुभव प्रदान गर्ने बताए। प्रविधिमैत्री र विद्यार्थी–केन्द्रित पूर्वाधारसहित कलेजले १० प्रतिशत पूर्ण छात्रवृत्तिसहित शिक्षाको गुणस्तरलाई पनि प्राथमिकतामा राखेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स