प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय आज अपराह्न ५ बजे सकिएको छ। निर्वाचन आयोगले मतदान बिहान ७ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने व्यवस्था गरेको थियो।
तर केही स्थानमा मतदान अझै जारी छ। ५ बजे अगावै मतदान केन्द्र पुगेका वा लाइनमा रहेका मतदाताहरूले मतदान गर्न पाउने व्यवस्था छ।
निर्वाचन आयोगले आज साँझ ६ बजे पत्रकार सम्मेलनमार्फत मतदानसम्बन्धी जानकारी सार्वजनिक गर्नेछ।




















प्रतिकृया