कच्चा तेलको मूल्य २०२२ यताकै उच्च स्तरमा, कारण के?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १७ गते
कच्चा तेलको मूल्य २०२२ यताकै उच्च स्तरमा, कारण के?
AdvertisementAds

अमेरिका र इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २०२२ यताकै उच्च स्तरमा पुगेको छ। बिहीबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११३ डलरभन्दा माथि पुगेको हो भने केही समयका लागि १२६ डलरसम्म उक्लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे जानकारी गराइने तयारी भइरहेको खबर सार्वजनिक भएपछि बजारमा त्रास बढेको हो। साथै, ट्रम्पले इरानका बन्दरगाहमाथि लगाइएको नौसैनिक नाकाबन्दीलाई निरन्तरता दिने संकेत दिएका छन्। इरानले भने यस्तो कदम जारी रहे प्रतिकार गर्ने चेतावनी दिएको छ।

दुवै देशबीच वार्ता असफल भएपछि विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग ‘स्ट्रेट अफ हर्मुज’ लगभग बन्दजस्तै बनेको छ। यसले विश्व आपूर्तिमा ठूलो असर पारेको विश्लेषकहरूले बताएका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायका अनुसार यो हालसम्मकै ठूलो आपूर्ति अवरोधमध्ये एक हो।

यसैबीच, अमेरिकामा कच्चा तेल र इन्धन भण्डारणमा तीव्र गिरावट आएको छ भने निर्यात दैनिक ६० लाख ब्यारेलभन्दा माथि पुगेको छ, जसले विश्व बजारमा आपूर्ति झन् कडा बनाएको संकेत गर्छ।

तेलको मूल्य बढेसँगै अमेरिकामा पेट्रोलको औसत मूल्य चार वर्षयताकै उच्च स्तरमा पुगेको छ। ऊर्जा मूल्यमा भएको वृद्धिले विश्व अर्थतन्त्रमा मुद्रास्फीति बढाउने, उपभोग घटाउने तथा उत्पादन लागत बढाउने जोखिम बढेको अर्थशास्त्रीहरूले चेतावनी दिएका छन्।

यदि मध्यपूर्वमा तनाव लम्बिँदै गएर तेल आपूर्ति अवरुद्ध भइरह्यो भने आगामी महिनाहरूमा विश्व अर्थतन्त्र मन्दीतर्फ धकेलिन सक्ने सम्भावना रहेको विश्लेषण गरिएको छ। साथै, तेलमा आधारित उत्पादनहरूको मूल्यसमेत बढ्ने हुँदा दैनिक उपभोग्य वस्तुहरू महँगिने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स