नेपालमा अर्को पनि भूकम्पको धक्का, केन्द्रबिन्दु कहाँ ?

नेपालमा अर्को पनि भूकम्पको धक्का, केन्द्रबिन्दु कहाँ ?

उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ। उदयपुरको बागापाटी आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएराति १० बजेर ५१ मिनेटमा भूकम्प गएको हो।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ।

भूकम्पको धक्का उदयपुरसहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। यद्यपि, हालसम्म भौतिक वा मानवीय क्षतिको विवरण सार्वजनिक भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स