याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड: वैदेशिक रोजगारीमा रहेका २१ हजारले पाए सेयर

Apr 1, 2026

याम्बालिङ हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ। मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको यस निष्काशनमा कुल ८३,३९६ जना योग्य आवेदकहरूमध्ये गोलाप्रथाबाट २१,००० जना छनोट भएका छन्।

प्रतिसेयर १०० अंकित दरका कुल २,१०,००० कित्ता सेयर प्रत्येक सफल आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गरिएको छ। कम्पनीको आईपीओ ५.२२ गुणाले ओभरसब्सक्राइब भएको थियो।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स