युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आगामी वैशाख २७ गते बिहान ११ बजे कालिमाटी ब्याङ्केट, काठमाडौँमा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित नाफाबाट हालको चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू पारित गर्ने, दुई जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीलाई होल्डिङ कम्पनीको रूपमा विकास गर्ने विशेष प्रस्तावमाथि छलफल हुनेछ। साधारण सभा प्रयोजनका लागि वैशाख ४ गते बुक क्लोज हुने जानकारी दिइएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
