सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि स्वावलम्बन लघुवित्तको ४८८औं बैठकको निर्णय कार्यान्वयन नगर्ने निर्णय

Jul 28, 2026

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले यसअघि ४८८औं बैठकबाट गरेको एक महत्वपूर्ण निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको छ। संस्थाको मिति २०८३/०४/१२ गते बिहान ८:०० बजे बसेको ४८९औं बैठकले उक्त निर्णय स्थगन गर्ने निर्णय गरेको हो। सम्मानित सर्वोच्च अदालतबाट जारी भएको अल्पकालीन अन्तरिम आदेशबमोजिम यो कदम चालिएको कम्पनीले जनाएको छ।

सञ्चालक समितिको मिति २०८३/०४/०६ मा बसेको ४८८औं बैठकको निर्णय नम्बर ४(क) र सो निर्णयका आधारमा भएका सम्पूर्ण कार्यहरू हाललाई कार्यान्वयन नगर्ने तथा यथास्थितिमा राख्ने निर्णय भएको छ। सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त नहुँदासम्म अदालतको आदेश बमोजिम नै कार्य गर्ने निर्णय भएको सूचनामा उल्लेख छ।

कम्पनी सचिव चन्द्र मणि चौलागाईंका अनुसार यो निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, नेपाल धितोपत्र बोर्ड र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई गराइएको छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स