स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सूची दर्ताका लागि आह्वान

May 19, 2026

काठमाडौँको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक सेवा तथा मालसामान आपूर्ति गर्न इच्छुक फर्म तथा कम्पनीहरूलाई सूची दर्ताका लागि आह्वान गरेको छ। यस संस्था अन्तर्गतका कलेज र अस्पतालका लागि मसलन्द, छपाई, कम्प्युटर पार्टस, मेडिकल उपकरण, फार्मेसी औषधि, र मर्मत सम्भार जस्ता विभिन्न विधाहरूमा आपूर्ति गर्ने व्यवसायीहरूले आवेदन दिन सक्नेछन्।

इच्छुक व्यवसायीहरूले आफूले उपलब्ध गराउने सामानको स्पेसिफिकेसन र दररेटसहितको निवेदन खामबन्दी गरी २०८३ जेठ २० गतेभित्र पेश गरिसक्नुपर्नेछ। आवेदनका साथमा संस्था दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र भ्याट वा प्यान दर्ता प्रमाणपत्र अनिवार्य संलग्न हुनुपर्नेछ। थप जानकारीका लागि चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालमा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स