सोपान फार्मास्युटिकल्सको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड

Mar 31, 2026

सोपान फार्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) २०८२ चैत १७ गते बाँडफाँड गरेको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार कुल ४ लाख २९ हजार कित्ता सेयर बाँडफाँड गरिएको हो।

यस निष्काशनमा ८२ हजार ९ सय ५१ जना वैध आवेदकहरू मध्ये गोलाप्रथा मार्फत ४२ हजार ९ सय जनाले प्रतिव्यक्ति १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्काशन गरेको थियो।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स