सिद्धार्थ बैंक लिमिटेडको परासी शाखाले नवलपरासीको सरावल गाउँपालिकामा सञ्चालित माया रेष्टुरेण्ट र त्यसका प्रोप्राइटर बिजय कहारलाई कर्जा चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले ऋण र ब्याज भुक्तानीमा ढिलाइ भएकाले यो अन्तिम मौका प्रदान गरेको जनाएको छ।
तोकिएको समयभित्र सम्पूर्ण सावाँ र ब्याज भुक्तान नगरेमा बैंकले धितोमा रहेको सम्पत्ति लिलाम गर्ने वा अन्य कानुनी प्रक्रिया मार्फत रकम असुल गर्ने चेतावनी दिएको छ। यस प्रक्रियामा व्यक्तिगत जमानीकर्ताहरुलाई समेत कालोसूचीमा समावेश गरिने बैंकले उल्लेख गरेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
