रोयल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सूची दर्ताका लागि आह्वान

Aug 3, 2026

रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवाहरू आपूर्ति गर्न इच्छुक रजिष्टर्ड फर्म, संस्था वा कम्पनीहरूलाई सूची दर्ता (भेन्डर लिस्टिङ) का लागि आह्वान गरेको छ। संस्थाले यो सूचना प्रकाशित भएको मिति २०८३/०४/१८ ले ७ दिनभित्र काठमाडौंको बसुन्धरास्थित कार्यालयमा आवेदन दिन आग्रह गरेको छ।

सूची दर्ताका लागि इच्छुक आवेदकहरू सम्बन्धित काममा अनुभवी हुनुपर्ने, कुनै पनि कसुर नलागेको र कालो सूचीमा नपरेको हुनुपर्ने व्यवस्था गरिएको छ। आवेदनका साथमा संस्था दर्ताको नवीकरणसहितको प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। आपूर्ति गर्नुपर्ने सेवाहरूमा धितो मूल्याङ्कन, छपाई कार्य, विज्ञापन तथा सूचना प्रकाशन, मसलन्द सामान आपूर्ति, कम्प्युटर तथा नेटवर्किङ उपकरण मर्मत, एयर कन्डिसन मर्मत, प्रिन्टर तथा फोटोकपीका पार्टपूर्जा आपूर्ति, र सीसीटीभी, टेलिफोन सेट जस्ता उपकरणहरूको मर्मत सम्भार रहेका छन्।

सूचीकृत भएका फर्म तथा कम्पनीहरूलाई संस्थाको आवश्यकता अनुसार न्यूनतम मूल्य वा कोटेसन घटाघटको आधारमा सामान खरिद प्रक्रियामा सहभागी गराइने सूचनामा उल्लेख छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स