नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र रिज लाइन इनर्जी लिमिटेड बीच साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ। मिति २०८२ चैत १० गते भएको सम्झौता अनुसार कम्पनीको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका कुल १ करोड १८ लाख ५० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएका छन्। यसमा सर्वसाधारणको २२ प्रतिशत अर्थात् २६ लाख ७ हजार कित्ता र संस्थापकहरुको ७८ प्रतिशत अर्थात् ९२ लाख ९३ हजार कित्ता सेयर समावेश छ।
नेप्सेको २०८२ चैत ९ गतेको निर्णयानुसार यी सेयरहरु सूचीकरण गरिएको हो। कम्पनीको दोस्रो बजारमा सेयर कारोबार २०८२ चैत १२ गतेबाट सुरु हुनेछ। रिज लाइन इनर्जीको प्रधान कार्यालय ललितपुरको कुपण्डोलमा रहेको छ भने सेयर सूचीकरण पश्चात्को आरटीएस सेवा प्रभु क्यापिटल लिमिटेड, कमलादीले प्रदान गर्ने जानकारी दिइएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
