प्रभु इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा आह्वान, बोनस र नगद लाभांश प्रस्ताव

Apr 1, 2026

प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो २६ औं वार्षिक साधारण सभा आगामी वैशाख ७ गते बिहान ११ बजे कम्पनीको कार्यालय तीनकुने, काठमाडौँमा गर्ने निर्णय गरेको छ। यस सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ८.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत २६ गते एक दिनका लागि सेयर दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। यसअनुसार चैत २५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स