सञ्जीवनी लघुवित्तको समस्याग्रस्त स्थिति फुकुवा, नियमित कारोबार गर्न अनुमति

Apr 2, 2026

नेपाल राष्ट्र बैंकले तुलसीपुर, दाङमा प्रधान कार्यालय रहेको सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेड (साविकको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड) लाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाएको छ। बैंकको मिति २०८२ चैत ५ गतेको निर्णयानुसार यस संस्थालाई नियमित वित्तीय कारोबार गर्न अनुमति दिइएको हो।

यसअघि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को विभिन्न दफाहरूको उल्लंघन देखिएपछि २०७९ भदौ २२ गते उक्त लघुवित्तलाई समस्याग्रस्त वित्तीय संस्थाको रूपमा घोषणा गरिएको थियो। राष्ट्र बैंकको यो पछिल्लो कदमसँगै संस्थाले अब नियमित रूपमा आफ्नो वित्तीय गतिविधि सञ्चालन गर्न पाउनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स