पोखरा फाइनान्स लिमिटेडमाथिको शीघ्र सुधारात्मक कारवाही फुकुवा

Jun 26, 2026

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई यसअघि गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गर्ने निर्णय गरेको छ। यसअघि २०८० पुस मसान्तको वित्तीय विवरण र आव २०८१/८२ को पहिलो त्रैमासिक विवरणको आधारमा पुँजीकोष अनुपात कम देखिएपछि बैंकले २०८१/१०/२३ मा उक्त कारवाही गरेको थियो।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँगको मर्जर प्रक्रिया सम्पन्न भएपछि संयुक्त प्राथमिक पुँजी ६.०६ प्रतिशत र पुँजीकोष अनुपात १०.८० प्रतिशत पुग्ने देखिएको छ। सोही आधारमा बैंकले एकीकृत कारोबार सुरु हुने मितिदेखि लागू हुने गरी कारवाही फुकुवा गर्ने निर्णय गरेको हो।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स