नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयले दुईवटा मनि चेन्जर कम्पनीहरूको इजाजतपत्र रद्द गरेको छ। नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ अनुसार तोकिएको समयभित्र नवीकरण नगरेका कारण यी कम्पनीहरूको अनुमति खारेज गरिएको बैंकले जनाएको छ।
इजाजतपत्र रद्द हुनेहरूमा विराटनगर-१५, मोरङमा रहेका श्री अमृत लक्ष्मी मनि चेन्जर प्रा.लि. र श्री सुपर फाइन मनि चेन्जर प्रा.लि. रहेका छन्। यी संस्थाहरूले म्याद समाप्त भएको तीन महिनाभित्र नवीकरण प्रक्रिया पूरा नगरेकाले बैंकले खारेजीको निर्णय लिएको हो।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
