एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने विभिन्न सामान तथा सेवाहरू आपूर्ति गर्न इच्छुक फर्म र कम्पनीहरूलाई सूची दर्ताका लागि आह्वान गरेको छ। यस अन्तर्गत स्टेसनरी, कार्यालय उपकरण, सूचना प्रविधि, फर्निचर, निर्माण कार्य र सवारी साधन जस्ता विभिन्न आठ विधामा आवेदन दिन सकिनेछ।
इच्छुक कम्पनीहरूले रु. १,००० दस्तुर बैंकको खाता नम्बर ००९०१३७१३००११४ मा जम्मा गरेको भौचरसहित यो सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाडौंको कृष्णटावरस्थित बैंकको केन्द्रीय प्रशासन विभागमा आवेदन बुझाउनुपर्नेछ। आवेदनका साथमा प्यान, भ्याट, कर चुक्ता प्रमाणपत्र र केवाइसी फारम लगायतका कागजातहरू अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
