सिइओ ज्योति प्रकाश पाण्डे नियन्त्रणमा लिइएको सम्बन्धमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्पष्टीकरण

May 14, 2026

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानका लागि नियन्त्रणमा लिएको विषयमा बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलामी प्रक्रियामा देखिएका केही विषयलाई लिएर सो सोधपुछ भएको बैंकले स्पष्ट पारेको छ।

बैंकले प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र सुरक्षित कारोबार ऐन २०६३ बमोजिम निक्षेपकर्ताको रकम असुली गर्न कानुनी दायित्व अन्तर्गत नै सो लिलामी प्रक्रिया अगाडि बढाएको दाबी गरेको छ। लिलामीबाट प्राप्त ४ अर्ब ६० करोड मध्ये ४ अर्ब २२ करोड कर्जा चुक्तामा उपयोग भएको र बाँकी ३८ करोड रुपैयाँ खाता रोक्का रहेका कारण सुरक्षित रहेको बैंकले जनाएको छ।

थप सुचनामा:

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स