एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन्। संस्थाको सञ्चालक समितिको २६०औं बैठकले उक्त राजीनामा मिति २०८२ चैत ८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ।
जोशीको राजीनामासँगै सोही बैठकले हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत मेष बहादुर बस्नेतलाई कायम मुकायम मुकरर गरी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ। यो निर्णय आइतबार बिहान ९:०० बजे बसेको बैठकबाट गरिएको हो।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
