एनआईसी एशिया बैंकको कार्ड तथा एटीएम सेवा केही समयका लागि अवरुद्ध हुने

May 15, 2026

एनआईसी एशिया बैंकले आफ्नो EFT-Switch System स्तरोन्नति गर्ने कार्यका लागि सेवा अवरुद्ध हुने जानकारी दिएको छ। बैंकका अनुसार मिति २०८३ ज्येष्ठ २ गते शनिबार बिहान ०४:४५ देखि ०६:४५ बजेसम्म यो मर्मत कार्य हुनेछ।

यस अवधिभर बैंकका एटीएम, पीओएस, कार्डलेस विथड्रअल तथा डेविट, क्रेडिट र प्रिपेड कार्डहरूबाट हुने सम्पूर्ण कारोबारहरू अवरुद्ध हुन सक्नेछन्। बैंकले ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै थप जानकारीका लागि ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स