एनआईसी एशिया बैंकद्वारा २४ थान एटिएम मेसिन लिलामीको आह्वान

Mar 26, 2026

एनआईसी एशिया बैंक लिमिटेडले बैंकद्वारा प्रयोग गरिएका २४ थान एटिएम मेसिनहरू ‘जहाँ जे जस्तो अवस्थामा छ’ सोही आधारमा लिलामी मार्फत बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस लिलामीमा १३ थान डाइबोल्ड-४२९, ५ थान डाइबोल्ड-५५०० र ६ थान विन्कोर-पिसि२८० मोडलका मेसिनहरू रहेका छन्।

इच्छुक व्यक्ति वा फर्मले २ हजार रुपैयाँ दस्तुर तिरी बैंकको कमलादीस्थित कर्पोरेट कार्यालयबाट बोलपत्र फारम खरिद गरी आगामी ८ अप्रिल २०२६ को कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। बोलपत्रदाताले आफुले कबोल गरेको रकमको १० प्रतिशत धरौटी रकम जम्मा गर्नुपर्ने बैंकले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स