नेपाल सरकारले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार मन्त्रिपरिषद्को बैठकले निर्वाचन प्रक्रियालाई सहज बनाउन यो कदम चालेको हो।
यस निर्णय अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म जम्मा तीन दिन मुलुकभर सार्वजनिक बिदा हुनेछ। निर्वाचनमा नागरिकको सहभागिता सुनिश्चित गर्न सरकारले यो समय तालिका सार्वजनिक गरेको जानकारी गराएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
