माछापुच्छ्रे क्यापिटल लिमिटेड र नेपाल सेरामिक इण्डष्ट्री लिमिटेड बीच प्राथमिक सेयर (आईपिओ) निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि सम्झौता भएको छ। मिति २०८२/१२/१५ मा भएको उक्त सम्झौता अनुसार नेपाल सेरामिकले ३० लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्नेछ।
यस कार्यका लागि माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नेपाल सेरामिकका अध्यक्ष शम्भु नाथ झाले हस्ताक्षर गरेका छन्। माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंकको सहायक कम्पनीका रूपमा कार्यरत छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
