नबिल बैंकद्वारा वार्षिक प्रतिवेदन डिजाइन तथा छपाईका लागि सिलबन्दी बोलपत्र आह्वान

नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नेपाली तथा अंग्रेजी दुवै भाषाको वार्षिक प्रतिवेदन डिजाइन र छपाई कार्यका लागि इच्छुक फर्म तथा कम्पनीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले प्रकाशित गरेको सूचना अनुसार योग्यता पुगेका इच्छुक फर्महरूले नेपाली प्रतिवेदन, अंग्रेजी प्रतिवेदन वा दुवै प्रतिवेदनका लागि छुट्टाछुट्टै प्रस्ताव पेश गर्न सक्नेछन्। नेपाली वार्षिक प्रतिवेदन कुल २,५०० प्रति र अंग्रेजी वार्षिक प्रतिवेदन कुल २०० प्रति छाप्नुपर्ने सूचनामा उल्लेख छ।

बोलपत्रदाताहरूले बोलपत्रका साथमा नोटराइज्ड प्यान वा भ्याट दर्ता प्रमाणपत्र, नवीकरण गरिएको कम्पनी दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, कम्तीमा दुईवटा क वर्गका वा तीनवटा क वा ख वर्गका बैंक तथा वित्तीय संस्थाबाट प्राप्त प्रशंसापत्र, कालोसूचीमा नपरेको स्वघोषणा पत्र, र आर्थिक वर्षको अडिटेड वित्तीय विवरण लगायतका आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ। नेपाली र अंग्रेजी वार्षिक प्रतिवेदनका लागि छुट्टाछुट्टै खाममा सिलबन्दी गरी बैंकको प्रधान कार्यालय, प्रशासन विभाग, घण्टाघर, काठमाडौंमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

उक्त सिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ साउन २५ गते (१० अगस्ट २०२६) अपराह्न ४:०० बजेसम्म तोकिएको छ। प्राप्त बोलपत्रहरू २०८३ साउन २६ गते (११ अगस्ट २०२६) बिहान ११:०० बजे बैंकको प्रशासन विभाग, घण्टाघरमा खोलिने बैंकले जनाएको छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स