नबिल बैंकद्वारा धितोमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचना

Mar 26, 2026

नबिल बैंक लिमिटेडको न्युरोड शाखाले ऋण असुलीका लागि धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री गर्ने घोषणा गरेको छ। यो सूचना लोकप्रिय पश्मिना फेसनका प्रोप्राइटर बलराम पन्त र व्यक्तिगत जमानतकर्ताहरू सन्तोष पन्त तथा प्रमिला पन्तले बैंकलाई बुझाउनुपर्ने कर्जा चुक्ता नगरेका कारण प्रकाशित गरिएको हो।

इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित भएको ७ दिनभित्र अर्थात् चैत १८ गते दिउँसो ३:०० बजेसम्म शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन्। बोलपत्रहरू चैत १९ गते खोलिनेछन् र धितोमा रहेको काठमाडौं महानगरपालिका वडा नं. ५ को जग्गा तथा घर लिलामी प्रक्रियामा समावेश छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स