माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) २०८३ जेठ २० गते बाँडफाँड गरेको छ। कम्पनीले आयोजनाबाट अति प्रभावित क्षेत्रका लागि ३,४४,००० कित्ता र प्रभावित क्षेत्रका लागि ५,१६,००० कित्ता गरी कुल ८,६०,००० कित्ता सेयर बाँडफाँड गरेको हो।
निष्काशन व्यवस्थापक एनआईएमबी एस क्यापिटल लिमिटेडका अनुसार अति प्रभावित क्षेत्रका २,४८४ र प्रभावित क्षेत्रका ९,३८६ आवेदकहरूले सेयर प्राप्त गरेका छन्। यो निष्काशन २०८३ वैशाख १७ गतेदेखि ३१ गतेसम्म खुला गरिएको थियो जसमा कुल ८,७८,११० कित्ताका लागि आवेदन परेको थियो।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
