माछापुच्छ्रे बैंकद्वारा धितोमा रहेका चल/अचल सम्पत्ति लिलाम बिक्रीको २१ दिने सूचना

Apr 8, 2026

माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरू अन्तर्गतका ऋणीहरूले लिएको कर्जाको सावाँ ब्याज भुक्तानी नगरेको कारण धितोमा रहेको चल र अचल सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ। बैंकले ओखलढुङ्गा, हरिवन, जितपुर र नवलपुर लगायतका स्थानका ऋणीहरूको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको हो।

इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सम्बन्धित शाखा वा केन्द्रीय कार्यालयमा बोलपत्र पेश गर्नुपर्नेछ। लिलाम सम्बन्धी सर्तहरू तथा सम्पत्तिको विस्तृत विवरण बैंकको शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स