लक्ष्मी सनराइज बैंक लिमिटेडद्वारा धितोमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी सार्वजनिक सूचना

Mar 25, 2026

लक्ष्मी सनराइज बैंक लिमिटेडले कर्जा लिई साँवा तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकका विभिन्न शाखा कार्यालयहरू पथरी, दमक, दुहवी, कटहरी, सुन्दरी, भोजपुर, गौशाला, एउटै कोलोनी र इनरुवा सुनसरी अन्तर्गतका ऋणीहरूले कर्जाको सर्त पालना नगरेपछि यो प्रक्रिया अघि बढाइएको हो।

सम्बन्धित ऋणी तथा जमानतकर्ताहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गर्न सूचित गरिएको छ। तोकिएको अवधिभित्र रकम भुक्तानी नभएमा बैंकले धितोमा राखिएका घरजग्गा तथा अन्य चल अचल सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरी आफ्नो कर्जा असुल उपर गर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स