कुमारी बैंक लिमिटेडद्वारा ९० दिने कर्जा चुक्ता भुक्तान गर्ने बारेको सूचना

Mar 26, 2026

कुमारी बैंक लिमिटेडले ऋण लिई लामो समयसम्म साँवा र ब्याज भुक्तानी नगर्ने दुई ऋणी र तिनका जमानतकर्ताहरूका नाममा ९० दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले पटक-पटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि धितोमा रहेको सम्पत्ति लिलाम गरी बक्यौता असुल उपर गर्ने चेतावनी दिएको हो।

यस सूचनाअनुसार किंग्स कलेक्सन प्रा.लि. र माँ भगवती कन्सर्न प्रा.लि. ले तोकिएको समयभित्र बैंकमा सम्पर्क गरी कर्जा चुक्ता गर्नुपर्नेछ। अन्यथा बैंकले कानुनी प्रक्रिया अघि बढाई ऋणी र सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने जानकारी दिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स