आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि सूची दर्ता आह्वान

Jun 3, 2026

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक वस्तु तथा सेवाहरू आपूर्ति गर्न इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूलाई सूची दर्ताका लागि आह्वान गरेको छ। यस अन्तर्गत छपाई तथा मसलन्द, फर्निचर तथा इन्टेरियर डिजाइन, कम्प्युटर तथा कार्यालय उपकरणहरू र अन्य विविध सेवाहरू गरी चार समूहमा विभाजन गरिएको छ।

इच्छुक आवेदकले नवीकरण गरिएको व्यवसाय दर्ता प्रमाणपत्र, भ्याट वा प्यान दर्ता, गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र र तीन वर्षको कार्य अनुभव सहित असार १३ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। आवेदनका लागि ग्लोबल आइएमई बैंकमा एक हजार रुपैयाँ दस्तुर जम्मा गरेको भौचर संलग्न हुनुपर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स