नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सिटी पे र छिटो पैसा एक आपसमा गाभिएर एकीकृत कारोबार सुरु गर्ने सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ। यी दुई भुक्तानी सेवा प्रदायक संस्थाहरु गाभिएपछि साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व नयाँ बन्ने संस्थामा हस्तान्तरण हुनेछन्।
गाभिए पश्चातको एकीकृत संस्थाले ‘सिटी वालेट प्रा. लि.’ को नामबाट मिति २०८३ साल वैशाख ३ गते बिहीबारदेखि आफ्नो भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार सुरु गर्नेछ। भुक्तानी तथा फछर्यौट विनियमावली बमोजिम नेपाल राष्ट्र बैंकले यस मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
