हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाको राजीनामा स्वीकृत

Mar 22, 2026

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष शेखर गोल्छाले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीको पछिल्लो बैठकले उक्त राजीनामालाई औपचारिक रूपमा अनुमोदन गर्ने निर्णय गरेको हो।

पूर्व अध्यक्ष गोल्छाले फाल्गुन २५ गते आफ्नो राजीनामा पेश गरेका थिए। सोही राजीनामालाई कम्पनीको चैत्र ५ गते अपराह्न ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बेहोरा जानकारी गराइएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स