हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष श्री सुलभ अग्रवालले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। उनले व्यक्तिगत कारण उल्लेख गर्दै मिति २०८२ चैत १९ गते अध्यक्ष तथा संचालक पदबाट राजीनामा दिएका थिए।
कम्पनीको संचालक समितिको मिति २०८२ चैत २० गते शुक्रबार दिनको २:०० बजे बसेको ६३औं बैठकले उक्त राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ। यस सम्बन्धमा कम्पनीले नेपाल स्टक एक्सचेन्ज लगायतका सम्बन्धित निकायहरूलाई जानकारी गराएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
