हिमालयन बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरूबाट कर्जा लिएका तर समयमा साँवा र ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले धनुषा, ओखलदुङ्गा, बारा, चितवन, सिराहा, सर्लाही र काठमाडौं क्षेत्रका ३० भन्दा बढी ऋणी तथा व्यक्तिगत जमानीकर्ताहरूको नाम सार्वजनिक गरेको छ।
तोकिएको समयभित्र सम्पूर्ण बाँकी बक्यौता चुक्ता नगरेमा बैंकले धितोमा राखिएको घरजग्गा तथा सवारी साधन लिलाम गरी आफ्नो असुलउपर गर्ने र ऋणीहरूलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ। यस प्रक्रिया अन्तर्गत रोक्का राखिएका धितोहरूमा विभिन्न कित्ताका जग्गा, घर र सवारी साधनहरू समावेश छन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
