हिमालयन बैंकद्वारा ब्रोड लिंक नेटवर्कको धितो लिलामी बिक्रीको सूचना

Mar 23, 2026

हिमालयन बैंक लिमिटेडले ऋण चुक्ता नगर्ने ऋणी ब्रोड लिंक नेटवर्क एण्ड कम्युनिकेशन्स पब्लिक लिमिटेडको धितोमा रहेको चल अचल सम्पत्ति लिलामी प्रक्रिया सुरु गरेको छ। बैंकले इच्छुक व्यक्ति वा संस्थाहरूबाट ७ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो।

लिलामीमा राखिएको धितोमा ललितपुर जिल्लाका विभिन्न कित्ताका जग्गा र घरहरू समावेश छन्। इच्छुक बोलपत्रदाताले २०८२ चैत १५ गतेभित्र बैंकको जुनसुकै शाखामा बोलपत्र पेश गर्नुपर्नेछ भने बोलपत्र चैत १८ गते खोलिने सूचनामा उल्लेख छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स