गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले राजधानी मल्टिप्रपोज एण्ड फार्मको नाममा रहेको कर्जा चुक्ता नगरेपछि धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्न १५ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस प्रक्रिया अन्तर्गत धनुषा जिल्लाको साविकको महुवा र मिथिला विहारी गाउँ विकास समितिमा अवस्थित विभिन्न कित्ताका जग्गा र त्यसमा बनेका संरचनाहरू लिलाम गरिनेछ।
इच्छुक बोलपत्रदाताहरूले १००० रुपैयाँ दस्तुर तिरी फारम लिन सक्नेछन् भने बोलपत्र बुझाउँदा आफूले प्रस्ताव गरेको कुल रकमको १० प्रतिशत धरौटी रकम जम्मा गर्नुपर्नेछ। बोलपत्र पेश गर्ने अन्तिम मिति चैत २४ गते कार्यालय समयसम्म तोकिएको छ भने सोही दिन दिउँसो २ बजे बोलपत्र खोलिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
