ग्रामीण विकास लघुवित्तद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि सूची दर्ता आह्वान

Jul 1, 2026

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने विभिन्न सामान तथा सेवाहरू खरिद एवं मर्मत कार्यका लागि इच्छुक फर्म, संस्था वा आपूर्तिकर्ताहरूलाई सूची दर्ता गर्न आह्वान गरेको छ। इच्छुक व्यवसायीहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको प्रधान कार्यालय बुटवलमा आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ।

निवेदनका साथ फर्म दर्ता प्रमाण पत्र, नवीकरण भएको कर दर्ता प्रमाण पत्र र आर्थिक वर्ष २०८१/८२ सम्मको करचुक्ता प्रमाण पत्रको प्रतिलिपि बुझाउनुपर्नेछ। सूची दर्ताका लागि छपाई, स्टेशनरी, फर्निचर, हार्डवेयर, सवारी साधन मर्मत, इलेक्ट्रोनिक्स र परामर्श सेवा लगायतका १५ वटा विभिन्न विधा तोकिएका छन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स