ग्लोबल आइएमई बैंकद्वारा ३५ दिन भित्र कर्जा चुक्ता गर्न सार्वजनिक सूचना

Mar 31, 2026

ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न शाखा अन्तर्गतका ऋणीहरूलाई बैंकको सम्झौता र सर्त बमोजिम तिर्नुपर्ने ऋण तथा ब्याज रकम भुक्तानी गर्न ३५ दिनको सार्वजनिक सूचना जारी गरेको छ। पटक-पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत कर्जा चुक्ता गर्न बेवास्ता गरेपछि बैंकले धितो लिलामी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।

यस सूचना अन्तर्गत लहान शाखाका अजय साहु, हरीवन शाखाका पशु पालन फर्म र किराना पसलका सञ्चालकहरू, सुर्यविनायकका कृष्ण राम पन्च र माडी शाखाका सोनु कस्मेटिक सेन्टरका सञ्चालकलाई कर्जा तिर्न भनिएको छ। म्याद भित्र चुक्ता नगरे धितो लिलाम गरी बैंकको रकम असुल उपर गरिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स